गुन्डा नाइके दावा लामाको सहयोगी सत्यमान पक्राउ

गुन्डा नाइके दावा लामाको सहयोगी सत्यमान पक्राउ

काठमाडौं : गुन्डा नाइकेका आरोपि सत्यमान लामा मापसेमा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो।

उनलाई मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन्। उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले २०७५ असारमा पनि लामालाई पक्राउ गरेको थियो। त्यतिखेर प्रतिनिधिसभा सदस्य नवीना लामाले पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएको बताइएको छ। त्यसपछि निजलाई महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको मुद्दामा पनि पक्राउ गरेर छोडेको थियो।