लिङ्कन एभरेष्ट दोस्रो कार्यकालकालागि मिडल टाउनको योजना आयुक्तमा नियुक्त

लिङ्कन एभरेष्ट दोस्रो कार्यकालकालागि मिडल टाउनको योजना आयुक्तमा नियुक्त

काठमाडौं : अमेरीकाको मिडलटाउन शहरका लागि नेपाली मूलका लिङ्कन एभरेष्ट (प्रदिप )योजना आयुक्तमा नियुक्त भएका छन् । मिडलटाउन शहरका नगर प्रमुख वेन्जामीन डि फ्लोरोसीनले नियुक्त गरेका हुन । यो नियुक्त भएसंगै उनले दोस्रो कार्यकालकालागी जिम्मेवारी पाएका हुन् । झन्डै ३० बर्ष अगाडि अमेरिका पुगेका एभरेष्ट सामाजिक कामहरुमा सकृय छन् ।

काठमाडौं कमलपोखरीबाट व्यवसायकालागी अमेरीका उनि हाल नयाँ व्यवसायीहरुलाई परामर्स दिने काम गर्छन् । उनले यो पदमा पुग्ने केही बिरलै नेपाली मुलके व्यक्ति मध्य एक बन्ने अवसर पाएका छन् । आफू नियुक्त भएको जानकारी सामाजिक संजालमार्फत् सार्बजनिक गरेपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ ।उनको कार्यकाल दुइृबर्षको रहने छ ।