बारा : बारामा मसानघाटको सार्वजनिक जग्गा किर्ते गरेर भूमाफिया तथा केही जग्गा कारोबारीले भोगचलन गरेको सूचना पाएपछि सम्बन्धित निकायले छानविन तथा अनुसन्धान शुरु गरेको छ।
साबिक पिपरासिमरा गाविस हाल जितपुरसिमरा उपमहानगरपालिका ४ को कित्ता नं ५९ को मसानघाटको ६ बिघा ८ कठ्ठा सार्वजनिक जग्गा किर्ते तथा जालशाजी गरेर केही भुमाफिया र जग्गा कारोवारीहरुले भोगचलन गरिरहेको थाहा सञ्चारमा समाचार आएपछि सम्बन्धित निकायले चौतर्फीरूपमा अनुसन्धान सुरु गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण आयोग,जिल्ला प्रशासन कार्यालय बारा, जीतपुरसिमरा उपमहानगरपालिका र सम्बन्धित वडाले मसानघाटको सार्वजनिक जग्गा के कसरी किर्ते गरी व्यक्तिको नाममा श्रेस्ता कायम भएको हो भनी चौतर्फी रुपमा खोजबिन तथा अनुसन्धान शुरु गरेको हो।