सल्यान : सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै हत्या भएको थियो ।
सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा शव फेला परेको जानकारी दिए । शव घरभन्दा करिब १० १५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।
प्रहरीले आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । ‘अनुसन्धान जारी छ, ३र४ दिनमै रिजल्ट आउँछ भन्दै आश्वसन प्रहरी देखाइरहेको छ ।’गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा थिइन् । घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रेटेर हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।