भीरबाट खसेको ढुंगाले लागेर मजदुरको मृत्यु, एक जना घाइते

भीरबाट खसेको ढुंगाले लागेर मजदुरको मृत्यु, एक  जना घाइते

धादिङ : जिल्लाको लपाङफेदीमा ढुंगाले लागेर कैलालीका मजदुरको मृत्यु भएको छ । सदरमुकामसँग धादिङको उत्तरी भेगलाई जोड्ने निर्माणाधिन लपाङ खोला पुलमा काम गर्ने मजदुरको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।

मृत्यु हुनेमा कैलाली जिल्ला हसुलीया–३ उत्तरभरिका ३५ वर्षीय लक्ष्मी चौधरी रहेका छन् । शनिबार दिउँसो लपाङफेदीस्थित जय विष्णु निर्माण सेवा कम्पनीद्वारा मार्पाकमा कार्यरत निर्माण मजदुर निमार्णस्थल नजिकै दाउरा खोज्ने क्रममा भीरबाट झरेको ढुंगाले लागेर घाइते भएका लक्ष्मी चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।

पुल निमार्णमा मजदुरी गर्दै आएका मृतक लक्ष्मी चौधरी र ५० वर्षीय रतिराम चौधरी दाउरा खोज्न जाँदा भीरबाट ढुंगा खसेर लाग्दा दुवैजना घाइते भएका र जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा लक्ष्मी चौधरीको भने मृत्यु भएको हो ।