सरकारले ढिलै भएनि १७५ जना नेपालीलाइ घर फर्कायो

सरकारले ढिलै भएनि १७५ जना नेपालीलाइ घर फर्कायो

काठमाडौँ : चीनको हुबेई प्रान्तबाट सरकारले ढिलै भएनि १७५ जना नेपालीलाइ घर फर्काएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।

अब उनिहरुलाई भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा १४ दिनका लागी क्वारेन्टाइनमा राखिने छ । खरीपाटीमा चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आएका १८५ नेपालीमध्ये ४४ महिला रहेका छन् । त्यहाँ खटिने ६० जना चिकित्सकको स्वास्थ्यकर्मीको टोलीलाई पनि एउटा ब्लक छुट्याइएको छ ।