बेनी : कालीगण्डकी नदीले बगाउँदा घाइते भएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई आज दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।
कालीगण्डकी नदीले बगाएर झण्डै १०० मिटर तल पु¥याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ । घाइते शिशिरको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन्