धादिङमा बस र स्कुटर ठोक्किँदा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु

धादिङमा बस र स्कुटर ठोक्किँदा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु

धादिङ : धादिङमा बस र स्कुटर ठोक्किँदा नायिका महिमा सिलवाल र उनकी बहिनीको ज्यान गएको छ ।

बुधबार बेलुकी पृथ्वी लोकमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा भैरहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख १३५ नम्बरको बस र बा ९८ प ७०५८ नम्बरको स्कुटर आपसमा ठोक्किएको थियो । बहिनीको इगेजमेन्टमा चितवन जाँदै गर्दा बुधबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी महिमाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार नै ज्यान गएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० खगेन्द्र खड्काले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामै घाइते भएकी महिमाकी बहिनी शर्मिलाको बिहीबार बिहान काठमाण्डौको ट्रमा सेन्टरमा ज्यान गएको हो । महिमाले कारबाही, अप्रिल फुल, चियर्स, दानव लगायतका चलचित्रका साथै दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।