गम्भीर घाइते पूर्वसचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु

काठमाडौं : लतिपुरको सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अस्पतालमा मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार नै कार्कीको घरमा काम गर्ने विशेष चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।