ललितपुरको सानेपामा पूर्वसचिव पत्नीको हत्या प्रयास, कामदारले गरे आत्महत्या

ललितपुरको सानेपामा पूर्वसचिव पत्नीको हत्या प्रयास, कामदारले गरे आत्महत्या

काठमाडौं : ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास गरिएको छ ।

सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् । उनले भने, ‘उहाँको अवस्था गम्भिर छ । हामी अस्पताल लाँदैछौं ।’ घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् ।अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन ।

घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन । कुन हतियार प्रयोग भएको थियो भन्ने हेरिरहेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।