बैतडीको एक गाउँपालिकाको एम्बुलेन्समार्फत चित्तल ओसारपसार, चालक पक्राउ

बैतडीको एक गाउँपालिकाको एम्बुलेन्समार्फत चित्तल ओसारपसार, चालक पक्राउ

दार्चुला : बैतडीको डिनासैनी गाउँपालिकाको एम्बुलेन्सबाट चित्तल तस्करी हुने गरेको आशंका गरिएको छ । मृत अवस्थामा चित्तलसहित एम्बुलेन्स चालक महेश बोहरा पक्राउ परेसँगै एम्बुलेन्सबाट चित्तल तस्करी गर्ने प्रयास भइरहेको हुनसक्ने शंका गरीएको छ । यद्यपि, यो पहिलो प्रयास हो या यसअघि पनि ओसारपसार हुने गरेको थियो भन्ने खुलेको छैन ।

सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३४६ नम्बरको एम्बुलेन्सलाई शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख दिपेन्द्र शाहीले बताए ।

‘मृत अवस्थाको चित्तलसहित चालकलाई इलाका प्रहरी कार्यालय, गोकुलेश्वरले नियन्त्रणमा लिएको साथै पक्राउ परेका व्यक्ति, चित्तल र एम्बुलेन्सलाई इलाका वन कार्यालय, गोकुलेश्वरमा बुझाउने तयारी भइरहेको छ । नियन्त्रणमा लिइएको सवारीसाधन सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक एम्बुलेन्स भएको अधिकारीहरुले बताएका छन् ।