तमोर नदीमा वृद्धको शव फेला

धनकुटा : धनकुटाको नगरपालिका वडा ९ स्थित तमोर नदीमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ घर भएका ६२ वर्षीय धनरूप राईको शव तमोर नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

२०७४ सालदेखि धनकुटाको मुलघाटस्थित विश्रान्ती वृद्धाश्रममा बस्दै आएका राई शुक्रबार बेलुकादेखि हराएको र खोजीको क्रममा तमोर नदीमा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको कोइरालाको भनाइ छ