प्रदेश स्तरीय पुरुष भलिबल आगामी फागुण ६ देखी सोलुखुम्बुमा हुने

प्रदेश स्तरीय पुरुष भलिबल आगामी फागुण ६ देखी सोलुखुम्बुमा हुने

सोलुखुम्बु : सोलुखुम्बुमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीप्रदेश १ स्तरीय कमिटीको आयोजनामा फागुण ६ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुको व्यवस्थापनमा योङ्ग स्टार क्लव दोर्पू बजारको खेल मैदानमाहुने प्रतियोगितामा प्रदेश १ को १४ जिल्लाको टोलिको सहभागिता रहने मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिएका छन् ।

नेपाल पर्यटन बर्ष २०२० लाई समेत सघाउ पु¥याउने उद्देश्यले आयोजित प्रतियोगिताको बिजेताले १ लाख ५० तथा उपविजेताले १ लाख नगद पाउने आयोजकले जनाएको छ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलिले ५० हजार प्राप्त गर्ने जनाइएको छ ।