विराटनगरमा कारले ठक्कर दिदा घाम ताप्न बसेकी महिलाको मृत्यु

विराटनगरमा कारले ठक्कर दिदा घाम ताप्न बसेकी महिलाको मृत्यु

विराटनगर : विराटनगरमा कारको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो विराटनगर महानगरपालिका– ६ स्थित सम्झना चोकको भित्री सडकमा को १ च ६६३९ नम्बरको कारको ठक्करबाट स्थानीय ५५ वर्षीया जागोदेवी कामतको मृत्यु भएको हो ।

दिउँसो घर बाहिर सडकमा घाम तापीरहेको अवस्थामा पश्चिमबाट पूर्व तर्फ तीब्र गतिमा आउँदै गरेको कारले ठक्कर दिएको थियो ।ठक्करबाट घाइते महिलालाई उपचारका लागि न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।