सीएमसीले दियो गौतम बुद्ध क्रिकेट रंगशालालाई १० लाख रुपैयाँ सहयोग

सीएमसीले दियो गौतम बुद्ध क्रिकेट रंगशालालाई १० लाख रुपैयाँ सहयोग

चितवन : चितवनको रामपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन मेडिकल कलेज (सीएमसी)ले नगद १० लाख रुपैयाँ प्रदान गरेको छ ।

मेडिकल कलेजका प्रमुख सञ्चालक प्रा.डा. हरिशचन्द्र न्यौपानेले रंगशालालाई आर्थिक सहयोग जुटाउन आयोजित धनधान्याचल महोत्सवमा शुक्रबार १० लाख रकम प्रदान गरेका हुन् ।

साथै चितवन मेडिकल कलेजले धुर्मस सुन्तली फाउण्डेशनले गरेको डिजाइन अनुसार ५० लाख बराबरको मेडिकल सेन्टर भवन बनाइदिने भएको छ । प्रमुख सञ्चालक डा. न्यौपानेले क्रिकेट रंगशालामा आउने खेलाडी, आवासीय रुपमा प्रशिक्षण लिने खेलाडी तथा स्थानीय समुदायका बिरामीलाई समेत लक्षित गरी सिएमसी मेडिकल सेन्टर स्थापना गरिने बताए ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेबाट चलिरहेको धनधान्याचल महोत्सवमा अहिलेसम्म झण्डै ७ करोडभन्दा बढी रकम उठेको आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । माघ २६ गतेसम्म चल्ने महायज्ञबाट ५० करोड उठाउने लक्ष्य आयोजकले लिएको छ ।