गोकर्णेश्वर नगरपालिकाको आध्यात्मिक सद्भावना दूतमा अर्याल मनोनित

गोकर्णेश्वर नगरपालिकाको आध्यात्मिक सद्भावना दूतमा अर्याल मनोनित

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यात्मिक सद्भावना दूतमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी अध्यक्ष रेखा अर्याल मनोनित भएकी छन् ।

गोकर्णेश्वर नगरपालिकाको मिति २०७६ जेठ ७ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार जन सरोकारका बिभिन्न समिति गठन गर्ने र सोको संयोजक तथा सदस्यहरु तोक्ने नगर प्रमुखलाइ जिम्मेवारी प्रदान गर्ने भन्ने निर्णय अनुसार उनी मनोनित भएकी हुन् । पुरातात्विक महत्वका बिभिन्न मठ मन्दिरहरु धार्मिक तथा आध्यात्मिक संघ संस्थाहरँग समन्वय गर्नका लागि उनलाई दूत बनाइएको हो ।

नगरपालिकाको सभा हलमा एक समारोहकाबीच उनलाई बिभाग प्रमुखको पदमा मनोनित गरिएको पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले प्रदान गरेका हुन् । उक्त कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे , गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार लगायतको उपस्थिति रहेको थियो।