सिन्धुलीका तपस्वी बमजनको आश्रममा प्रहरीको छापा

सिन्धुलीका तपस्वी बमजनको आश्रममा प्रहरीको छापा

सिन्धुली : प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा रहेको रामबहादुर बमजनको आश्रममा छापा मारेको छ । तपस्वीको भेषमा बस्दै आएका बमजनमाथि व्यक्ति हत्या तथा हिंसा, व्यक्तिलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका छन् ।

बिहीबार अदालतबाट पक्राउ अनुमति पाएको प्रहरीले शुक्रबार बिहानै बमजनको आश्रम क्षेत्रलाई घेरा हालेर छापा मारे पनि अहिलेसम्म बमजन नभेटिएको प्रहरीले जनाएको छ ।प्रहरीले बमजनका अनुयायी ज्ञानबहादुर बमजनलाई सोधपुछका लागि पक्राउ गरेको छ । आश्रमस्थलमा अहिले प्रहरीले घेराउ गरेको छ । बमजनमाथि एक जनाको हत्या गरेको, केही आनीहरुलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका छन् । सिन्धुली जिल्ला अदालतले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो ।