बैतडीमा कार दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बैतडीमा कार दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बैतडी : बैतडीमा कार सिकाउने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा कारका मालिक दशरथचन्द नगरपालिका ४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

बिहीवार राति बा ६ प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित घुसल्ला मोड नजिककै निर्माणधिन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो। दुर्घटना ग्रस्त कार मैदानभन्दा करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कृषी विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन्। घाइते पाण्डेयको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।