हेटौंडामा अवैध रुपमा सञ्चालीत ३६ बालुवा उद्योग बन्द

हेटौंडामा अवैध रुपमा सञ्चालीत ३६ बालुवा उद्योग बन्द

हेटौंडा : पछिल्लो तीन दिनमा ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समिति मकवानपुरले विभिन्न क्षेत्रमा अवैधरूपमा सञ्‍चालित ३६ बालुवा उद्योगहरू बन्द गरेको छ। अनुगमन समितिले स्थलगत अनुगमन गरेर अवैधरूपमा सञ्‍चालित बालुवा उद्योगहरूलाई बन्द गर्न निर्देशन दिएको हो।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, डिभिजन वन कार्यालयका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले अनुगमन गरेर ती उद्योगहरूलाई सञ्‍चालन नगर्न निर्देशन दिएको हो।

अनुगमन समितिले जिल्लाको राप्ती, मनहरी, लोथर, कुखरेनी खोलालगायत अन्य खहरेहरूमा गरिएको अनुगमनका क्रममा बालुवा उद्योगहरू नियमविपरीत सञ्‍चालन भएको पाइएकोले उद्योग सञ्‍चालन नगर्न निर्देशन दिएको छ।