जबरजस्ती करणीको कसूरमा पूर्वडीएसपी खिउजुविरुद्ध किटानी जाहेरी

जबरजस्ती करणीको कसूरमा पूर्वडीएसपी खिउजुविरुद्ध  किटानी जाहेरी

काठमाडौं : नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी हुन् ।

स्रोतका अनुसार बुधबार साँझ ५ बजे पीडित युवती ललितपुर प्रहरीमा पुगेकी थिइन् । उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ । एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् । ‘घटनालाई मिलाउन धम्की दिएको भन्दै ठाडो उजुरी परेको हो । बस्नेतलाई घटना मिलाउन भन्दै आर्थिक प्रलोभन र दबाब दिएको पीडितको भनाइ छ ।