बाजुरामा रूघाज्वरोले दुई दिनमा दुई जनाको मृत्यु, दर्जन बढी बिरामी

बाजुरामा रूघाज्वरोले दुई दिनमा दुई जनाको मृत्यु, दर्जन बढी बिरामी

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाँउपालिकामा रूघा, खोकी र ज्वरोले दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका १ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको हो।

बुधबार सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको मृत्यु भएको हो। गाउँपालिकाको अन्य भागमा पनि बिरामी रहेको सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए। हिजो र आज गरी दुई जनाको मृत्यु भएको छ । जाडो महिनाको सिजनमा लागेको सरुवा महामारीको कारण अहिले १५ र २० जनाको उपचार भइरहेको साथै विस्तृत विवरण आउन बाँकी रहेको छ।