यसरी भयो नेपालको पहिलो टेस्टट्युब बेबीको व्रतबन्ध

यसरी भयो नेपालको पहिलो टेस्टट्युब बेबीको व्रतबन्ध

काठमाडौं : नेपालको पहिलो टेस्टट्युब बेबी ओममणि तामाङको बुधबार व्रतबन्ध (छेवर) सम्पन्न भएको छ। १५ वर्षीय तामाङको भगवान्पाउस्थित जगतप्रकाश गुम्बामा बौद्ध धर्मअनुसार व्रतबन्ध गरिएको हो।

उनको न्वारनको नाम ‘नोर्बु तामाङ’ हो। व्रतबन्धमा पूजापाठ भएपछि लामा गुरूले उनको टुप्पी काटेर व्रतबन्ध सुरु गरेका थिए । तामाङ समुदायमा टुप्पी काटेपछि मामाले कपाल काट्ने चलन छ। सोही अनुसार उनको कपाल छोटो पारी व्रतबन्ध गरिएको हो।

बौद्ध धर्मअनुसार व्रतबन्धमा कपाल खौरिनु नपर्ने उनकी आमाले बताइन्। उनले भनिन् ‘हाम्रो संस्कारअनुसार व्रतबन्धमा कपाल खौरिने चलन छैन।’ आफ्नो व्रतबन्ध भएकोमा ओममणिले पनि खुशी लागेको बताए। ओममणि हाल सेन्टजेभियर्स स्कुलको कक्षा ९ मा पढ्छन्।