सप्तरीका एक वडाध्यक्ष ज्यान मार्ने मुद्दामा पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा एक जना वडाध्यक्षलाई मंगलबार पक्राउ गरेको छ ।

राजविराज नगरपाकिा–१५ का अध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरिएको हो । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतमा उपस्थित गराइ थप अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिएका छन् ।