जबरजस्ती करणीपछि बिदेश जान लाग्दा विमानस्थलबाट पक्राउ

जबरजस्ती करणीपछि बिदेश जान लाग्दा विमानस्थलबाट पक्राउ

धादिङ : जबरजस्ती करणी गरी फरार रहेका धादिङका हेमन सिंह बस्नेत पक्राउ परेका छन् । गजुरी गाउँपालिका ८ का बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

गएको जेठ १४ गते गजुरी गाउँपालिका ८ को हलेदेखोलाकी एक किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका सिंहलाई रोजगारीका लागि कुवेत जाने क्रममा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरी उपरीक्षक ९एसपी० बेलबहादुर पाण्डेले जानकारी दिए । बाटो खन्ने काममा रहेका एक्स्काभेटर चालक बस्नेत १६ वर्षे युवतीलाई जबरजस्ती करणी गरेर फरार थिए ।