कैलालीमा युवक मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै पुनः सडक अवरुद्ध

कैलालीमा युवक मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै पुनः सडक अवरुद्ध

कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा सोमबार पुनः सडक अवरुद्ध गरिएको छ ।

शनिबार पूर्व पश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका चौधरीको घटनाबारे छानविनको माग गर्दै मृतकका आफन्त तथा स्थानीयवासीले सडक अवरुद्ध पारेका हुन् ।

स्थानीयवासीले दुर्घटना गराउनेको पहिचान गरी कारबाही गर्नुपर्ने माग राख्दै आइतबार पनि बिहानैदेखि सडक अवरुद्ध गरेका थिए । सडक सुचारु गर्ने क्रममा झडप हुँदा ९ जना प्रहरी समेत घाइते भएका थिए । विवाद समाधानका लागि आइतबार साँझ सर्वदलीय बैठक बसेको भएपनि बैठक विनानिष्कर्ष टुङ्गिएको थियो ।