१३ हजार घुससहित यातायात कार्यालयका अधिकृत पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले १३ हजार घुससहित यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् ।

सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारले घुस दिने दीपक खतिवडालाई समेत नियन्त्रणमा लिएको छ ।