सवारी दुर्घटना न्यूनीकरण गर्न इमेल र पत्रबाट सुझाव संकलन गरीने

काठमाडौ : प्रतिनिधिसभा संसदको विकास तथा प्रविधि समिति अन्तर्गत गठित सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिले सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा सुझाव दिन आमनागरिकलाई आग्रह गरेको छ।

उपसमितिले सोमबार सूचना निकालेर आमनागरिकका सुझाव अध्ययन गरी आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन लागेको बताएको हो। उपसमितिले सवारी दुर्घटना अत्यधिकरूपमा बढ्दै गइरहेको सन्दर्भमा यसको न्यूनीकरणका लागि विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श गर्ने, दुर्घटनामा घाइते भएका वा अङ्गभङ्ग व्यक्तिहरूलाई अस्पतालमा भेटी जानकारी दिने लगायतका कार्यहरू गर्दै आएको छ।

यसै सन्दर्भमा उपसमितिले आमनागरिकका सुझावसमेत अध्ययन गरी आफ्नो कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हुँदा सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा आफ्ना अमूल्य सुझाव दिन अनुरोध गरिएको छ,ु सूचनामा भनिएको छ। साथै पत्रमार्फत् विकास तथा प्रविधि समिति सिंहदरबार, काठमाडौंको ठेगानामा फागुन ४ गतेभित्र पठाउन सकिनेछ।