मोरङमा माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु

काठमाडौं : मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बुढिगंगा गाउँपालिका ६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कठेत घाइते भएकी थिइन् । उनको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आइतबार राति एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ।