सुनसरीमा बलात्कार आरोपीत एसएसपी राणाले गरे आत्मसमर्पण

सुनसरीमा बलात्कार आरोपीत एसएसपी राणाले गरे आत्मसमर्पण

काठमाडौं : बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए । राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो ।

इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् । उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । सो घट्नाको बिषयमा अब अनुसन्धान अघि बढाइने सुनसरीका प्रहरी प्रमुख एसपी पोखरेलले जानकारी दिएका छन् ।