ललितपुरको कवाडी गोदाममा आगलागी, दुई जना घाइते

ललितपुरको कवाडी गोदाममा आगलागी,  दुई जना घाइते

ललितपुर : लतिपुरको बखुण्डोल हाइटको कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीमा घाइते भएकाहरुलाई ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ ।