सुनसरीमा बस र माइक्रो ठोक्किँदा तीन जनाको मृत्यु, सात घाइते

सुनसरीमा बस र माइक्रो ठोक्किँदा तीन जनाको मृत्यु, सात घाइते

सुनसरी : सुनसरीको तित्रीबनामा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।

इटहरीबाट इनरुवा जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस आइतबार बिहान ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सातजना घाइते भएका छन्। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। शवहरु गाडीमा च्यापिएकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ।