गृहसचिव राईको राजीनामा स्वीकृत

गृहसचिव राईको राजीनामा स्वीकृत

काठमाडौ : गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दिएको राजीनामा स्वीकृत भएको छ। बिहीबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर राईले राजीनामा पत्र बुझाएका थिए। राईले दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।

सचिव राई दुई वर्षदेखि गृह मन्त्रालयमा थिए। ५८ वर्षे उमेरहदका कारण राईले राजीनामा दिएका हुन्। सोमबारदेखि राई उमेरहदका कारण अनिवार्य अवकाशमा पर्दै थिए। गृह मन्त्रालयले आइतबार राईलाई औपचारिक विदाइ गर्दैछ।