सिन्धुलीमा मोटरसाइकल दुरघट्ना, दुई जनाको मृत्यु

सिन्धुली : सिन्धुलीमा मोटरसाईकल पल्टिंदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान कमलामाई नगरपालिका वडा नम्बर ७ माझिटारमा प्रदेश २ -०२- ००१ प २५१० नम्बरको मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलले जानकारी दिएकी छन् ।

ज्यान गुमाउनेहरुमा धनुषा छिरेश्वर नगपालिका ६ का मोटरसाईकल चालक सुनिलकुमार राय राजपुत र मोटरसाईकलमा पछाडि बसेका छिरेश्वरकै कृष्णकुमार गुप्ता रहेको एसपी सिग्देलले जानकारी दिए ।