भक्तपुर। भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका-१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ।
नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती इलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ।
प्रहरीले लगातारको वर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।