कोसीमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

कोसीमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

विराटनगर । कोसीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदिप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।

उनले कांग्रेसका दुई सांसदलाई राज्यमन्त्री समेत नियुक्त गरेका छन् । मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार प्रदेश प्रमुख कार्यालयमा भएको छ ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङ नियुक्त भएका हुन् । 

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसकेका छन् ।