जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि भेरी डेडिकेट अस्पताल

जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि भेरी डेडिकेट अस्पताल

काठमाडौं । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ ।

गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ । त्यसका लागि तयारी भइसकेको छ । प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । बिरामीका आफन्तले नरेश श्रेष्ठ (९८५११४३६६६)लाई सम्पर्क गर्नसक्नेछन् ।

यस्तै, कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । अस्पतालहरूमा पर्याप्त मात्रामा चिकित्सक, नर्सिङ स्टाफ, र लजिस्टिकको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल, आर्मीको हेलिप्याडमा २÷२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । बाँकेमा रगतको मौज्दात रहेको छ । अपुग भएका फ्रेस रगत आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

जाजरकोटको बारेकोट केन्द्र भएर शुक्रबार राति ११ ः ४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा नलगाड, भेरीलगायत रुकुमको आठविसकोटमा ठूलो मानवीय क्षति भएको छ ।