कारोना अपेडट : २९३ जना नयाँ संक्रमित थपिए, २ को मृत्यु

कारोना अपेडट : २९३ जना नयाँ संक्रमित थपिए, २ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ५१० जनाको पीसीआर परीक्षणका क्रममा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ । 

त्यस्तै सोही समयमा २६३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको कूल संख्या ८ लाख ९ हजार ९२२ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ । योसँगै कूल मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेका छन् ।