एमाले विखण्डनतिर लाग्यो, कम्युनिष्ट आन्दोलन जोगाउने जिम्मा एकीकृत समाजवादीको काँधमा आयो : खनाल

एमाले विखण्डनतिर लाग्यो, कम्युनिष्ट आन्दोलन जोगाउने जिम्मा एकीकृत समाजवादीको काँधमा आयो : खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा(एमाले) विखण्डनतर्फ अघि बढेको दावी गरेका छन् । 
बिहीबार काठमाडौंमा आयोजित एक पुस्तक विमोजन कार्यक्रममा बोल्दै नेता खनालले यतिबेला नेकपा (एमाले)मा पहिरो गएको भन्दै उक्त पहिलो अब नथामिने दावी गरे । 

नेता खनालले एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको भन्दै अब जति मलजल गरे पनि अघि बढ्न नसक्ने ठोकुवा गरे ।

उनले एमालेमा पहिरो गएको भन्दै कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा(एकीकृत समाजवादी)को काँधमा आएको बताए ।

एकीकृत समाजवादीलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशामा, समाजवादको दिशामा र वैज्ञानिक समाजवादको लक्ष्यतर्फ अघि बढाउने जिम्मा समयले आफूहरुको पार्टीलाई दिएको जिकिर गरे । उनले एमालेको नवौ महाधिवेशनमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ भन्दै अघि सारेको नारालाई पनि पूरा गर्न सम्पूर्ण नेपाली जनता एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।