राप्रपा अध्यक्षको उम्मेदवारीका लागि एक लाख शुल्क लाग्ने, अन्य कुन पदका लागि कति शुल्क ?

राप्रपा अध्यक्षको उम्मेदवारीका लागि एक लाख शुल्क लाग्ने, अन्य कुन पदका लागि कति शुल्क ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षको उम्मेदवारी दिन एक लाख शुल्क लाग्ने भएको छ । 

बिहीबार काठमाडौंकाे भृकुटीमण्डपमा सुरु भएको राप्रपा एकता महाधिवेनले सो उम्मेदवारी शुल्क तोकेको हो । 

त्यस्तै पार्टीको उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार शुल्क लाग्ने भएको छ । 

राप्रपाको निर्वाचन १५, १६ र १७ मा काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।