राप्रपा नेतृत्वका लागि राजेन्द्र लिङ्देनकाे उम्मेदवारी घोषणा

राप्रपा नेतृत्वका लागि राजेन्द्र लिङ्देनकाे उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वका लागि नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । 
बिहीवार काठमाडौंमा ‘उम्मेदवार घोषणा कार्यक्रम’ को आयोजना गरी उनले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

राप्रपाको महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ । 

पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले राप्रपा अहिलेको अवस्थामा आउनुले पार्टीको ३१ वर्षको इतिहासमै असफल इतिहास बनेको बताए ।

पार्टी एकीकरण भए पनि अध्यक्षत्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेको भन्दै वर्तमान नेतृत्वले पार्टीलाई अगाडि बढाउन नसक्ने धारणा व्यक्त गरे ।

आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरिक्षा भएको भन्दै परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको दावी गरे ।