ब्राजिलसँग बराबरीमा रोकिएको अर्जेन्टिना विश्वकपमा छनोट

ब्राजिलसँग बराबरीमा रोकिएको अर्जेन्टिना विश्वकपमा छनोट

काठमाडौं । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिले घरेलु टिम अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको छ। अर्जेन्टिनाको सन कुवाङ डेल विसेन्तानारियोमा भर्खरै सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो।

यो बराबरीसँगै शीर्षस्थानको ब्राजिलले ३५ अंक बनाएको छ भने दोस्रो स्थानको अर्जेन्टिनाको २९ अंक छ। ब्राजिल ६ खेल अगावै विश्वकपमा पुगिसकेको छ। योसँगै अर्जेन्टिना पनि विश्वकपमा छनोट भएको छ। दक्षिण अमेरिकाको यो चरणबाट चार टिम कतार विश्वकपमा छनोट हुनेछन्। जहाँ चार खेल बाँकी रहँदा पाँचौं स्थानको टिमको १७ अंक छ भने अर्जेन्टिनाको २९ अंक छ।

पाँचौं स्थानको पेरुले सबै खेलमा जित निकालेको अवस्थामा उसले २९ अंक बनाउने छ। तर, तालिकामा अर्जेन्टिनाभन्दा तल रहनेछ। यसकारण अर्जेन्टिनाले शीर्ष ४ चारमा रहँदै विश्वकप यात्रा तय गरेको हो।