लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई काँग्रेसको ७ बुँदे मागपत्र

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई काँग्रेसको ७ बुँदे मागपत्र

बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको नवनिर्वाचित कार्यसमितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई  बुटवलमा व्याप्त समस्या तथा पछिल्लो समय बाढीका कारण उत्कर्षमा पुगेको समस्याका बारेमा जानकारी दिँदै त्यसको समाधानका लागि ७ बुँदे मागपत्र पेश गरेका छन् । 

बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई सात बुँदे मागपत्र बुझाउँदै उक्त समस्याहरु समाधानका लागि माग गरेको छ ।

भदौ १३ गतेको पहिरोले बुटवल–३, ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित भएको र पीडितहरुको जिउधन रक्षाका लागि माग गरिएको छ । त्यस्तै भदौ ११ गतेको वर्षाले बुटवल–११, वुद्धनगरका आधा दर्जनभन्दा बढी घर–परिवार घरबारविहीन बनेको भन्दै उनीहरुलाई तत्काल आर्थिक प्याकेजसहित राहत उपलब्ध गराउन माग गरिएको छ । 

तीनाउ नदीको तीव्र कटानका कारण नदीआसपासका वासिन्दाहरु अहिले खतरामा परेको भन्दै उनीहरुलाई तत्काल अन्यन्त्र बसोबासका लागि अपिल गरिएको छ ।

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास–बेथरी सडक विस्तारलाई समेत तीव्रता दिन माग गरिएको छ । बुटवलका सडकहरु हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने भएकाले यहाँका स्थानीहरुको स्वास्थ्यमा असर पर्नुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको हुँदा यसको समाधानका लागि पनि मुख्यमन्त्रीलाई अपिल गरिएको छ ।