भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २१ घाइतेको उपचार जारी, ५५ जना निको भएर फर्किए

भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २१ घाइतेको उपचार जारी, ५५ जना निको भएर फर्किए

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीका क्रममा घाइते भएर अस्पताल ल्याइएका कुल ८१ जनामध्ये ५५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

त्यस्तै, चार जनालाई थप उपचारका लागि अन्य अस्पतालमा प्रेषित (रिफर) गरिएको छ भने ल्याइएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन्। अस्पतालले बाँकी २ स्वास्थ्य स्थिति सामान्य बनाउन उपचार सेवा जारी राखेको छ।

छुटाउनुभयो कि ?