नेकपा (माओवादी केन्द्र) चौरीदेउराली-काठमाडौ सम्पर्क मन्चको दोश्रो भेला समपन्न

नेकपा (माओवादी केन्द्र) चौरीदेउराली-काठमाडौ सम्पर्क मन्चको दोश्रो भेला समपन्न

नेकपा (माओवादी केन्द्र) चौरीदेउराली-काठमाडौ सम्पर्क मन्चको दोश्रो भेला पुरानो बानेश्वर स्थित ॐ साई पार्टी प्यालेसमा समपन्न भएको छ । भेलामा काठमाडौलाई कर्मथलो बनाएका काभ्रे कोशिपारी चौरीदेउरालीका माओबादी नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो। भेलामा नेकपा (माओवादी केन्द्रका) अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर काभ्रे जिल्ला ईन्चार्ज सुर्यमान दोङ लालध्वज, संविधानसभा सदस्य रेनुका चौलागाईं, बाग्मती प्रदेश सांसद रत्न ढकाल बागमती सचिवालय सदस्य तथा चौरीदेउराली गाउपालिका अध्यक्ष दिननाथ गौतम लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । क्रान्तीकारी गित सहित पानसमा बत्ती बालेर कार्यक्रम उदघाटन गरिएको थियो । काभ्रे काठमाडौ सम्पर्क मन्चका अध्यक्ष भोजबहादुर गौतमबाट कार्यक्रममा स्वागत मन्तव्य मन्तव्यको क्रममा पार्टी, संगठनलाई सुदृढ गर्न भुगोल संगै विभिन्न क्षेत्रमा छरिएर रहेका सबै माओवादी समर्थकहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए । केन्द्र देखि स्थानीय स्तर सम्म सबैजिम्मेवार भएर पार्टीलाई सुधृढिकरन गर्दै अगाडि बढ्नुपर्ने पालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष बिनोद घिसिङ भनाई रहेको थियो । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर :- मुख्य नेतृत्व सहमत नहुदा पार्टी एकता असफल, राजनैतिक पार्टीको गाठबन्धनले सरकारलाई पुर्णता दिन निरन्तर छलफल भैरहेको छ । पार्टी सुधृढ गरेर नेतृत्व निर्मान गर्ने, पार्टी निर्मान गर्ने, र प्राप्त उपलब्धिलाई कार्यन्वायन गर्ने, सरकारको समीक्षा गर्दै राम्रोको समर्थन र नराम्रोलाई सच्याउदै अगाडि बढ्ने । देश निर्मान गरौ टोल बाट पार्टी निर्मान गरौ सेलबाट भन्ने नारा तय भएको छ । ३० लाख संगठित सदस्य बनाउने श्रम,उत्पादन, रोजगार लाई प्राथमिकता दिने सामजिक सास्कृतिक कार्यक्रममा जोड्ने । एक्काईसौ शताब्दीको जनबादलाई प्रचण्ड पथ संग जोडेर लडाई लडेको श्रोत, साधनको उपयोग र परिचालन गर्न आवस्यक कार्यभार हुन । अर्थमन्त्री भएसी गरेको प्रतिबद्धता सामुहिक राष्ट्रको स्वार्थमा काम गर्ने ब्यक्तिगत स्वार्थको लागि केही गर्ने छैन भन्ने प्रतिबद्धता, बहुआयामिक गरिबीको कारण पत्ता लगाएर समधान गर्ने, समाजवाद उन्मुख अर्थतन्त्रको सरकारले योजना बनाएर कार्यन्वायन गर्ने, प्र्यतेक पालिकामा ५०० युवालाई रोजगार दिने स्वरोजगार बनाउने योजनाको तयारी, श्रम सहकारी योजना मार्फत ब्यबस्थापन गर्ने, कृषि क्षेत्रलाई तालिम लगायत ब्यब्स्था गरेर रोजगार सृजना गर्ने, देशमै उधोगधन्दा कलकारखाना खोलेर स्वरोजगार दिने ब्यबस्था, ५ लाख गरिबलाई १० हजार पकेट खर्च दिने । सेनिटरी प्याडमा कर नबढाएको भ्रम छरिएको छ त्यो भ्रममा नपर्न आग्रह गर्दै अहिलेको भन्दा सस्तो दरमा प्याड उपलब्ध गराउन प्रतिबद्ध रहेको, प्रमुख अतिथिबाट खादा र टीका लगाएर नेकपा एमाले र नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेस गराउनु भएको थियो। तेज पन्त :- एमाले र काग्रेस जस्तो २१ दिन लगाएर चल्ला कोरल्ने पार्टी नभएर २४ घन्टामा करेन्टबाट चल्ला उत्पादन गर्ने पार्टी नेकपा माओबादी हो । ४० लाख युवाहरुलाई नेपाल फर्काएर आफ्नै भुमिमा रोजगारीको सृजना गर्न नेकपा माओबादि कटिबद्ध रहेको थियो । भेलाले लोकतान्त्रिक पद्धति अनुसार सुन लामाको अध्यक्षता रहने गरि २७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । दिननाथ एमालेका केपि ओलिलाई यो परिवर्तन आवस्यक छैन तर माओवादीलाई यो परिवर्तनले पुगेको छैन त्यसकारण माओबादी र एमाले एकता टुंगोमा पुग्न नसकेको हो ।