युरोकप क्वाटरफाइनलमा आज दुई खेल हुँदै, कुन-कुन टिमबीच हुँदैछ प्रतिष्पर्धा

युरोकप क्वाटरफाइनलमा आज दुई खेल हुँदै, कुन-कुन टिमबीच हुँदैछ प्रतिष्पर्धा

काठमाडौं । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज  राति क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् ।पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्नेछन् । यस्तै दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड भिड्नेछन् ।

चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । पहिलो खेल नेपाली समय अनुसार राति ९स्४५ बजे शुरू हुनेछ ।

शनिवारका लागि दोस्रो खेल इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२स्४५ बजे शुरू हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् ।