न्युयोर्कमा चक्कु प्रहारबाट पाँच गम्भीर घाइते

न्युयोर्कमा चक्कु प्रहारबाट पाँच गम्भीर घाइते

काठमाण्डौ : संयुक्त राज्य अमेरिकाको न्युयोर्क मोन्सेको एक घरमा भएको चक्कु प्रहारमा पाँच जना घाइते भएका छन्। शनिबार राति यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै हासिडिक रब्बी जातका मानिस बस्ने घरमा चक्कु प्रहार भएको थियो।

आक्रमणकारी चक्कु हानेर भागेका थिए। यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं मानिस घरमा भेला भएका थिए। गम्भीर घाईत उनीहरूलाई आक्रमणकारीले एक जना बराबर छ पटकसम्म चक्कु घोपेको बताइएको छ । गम्भीर अवस्थामा रहेका उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। चक्कु प्रहार गर्ने आक्रमणकारी कार चढेर भागेका थिए।

आक्रमणकारीको कार नम्बर स्थानीयले टिपेकाले प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ। अमेरिकामा यहुदीमाथि पटक-पटक आक्रमण हुँदै आएको छ। यसअघि पनि न्युजर्सीमा ६ जना यहुदीलाई गोली हानी मारिएको थियो।