भारत उत्तर प्रदेशका प्रहरीद्धरा प्रतिपक्षी नेतृ गान्धीमाथी हातपात

भारत उत्तर प्रदेशका प्रहरीद्धरा प्रतिपक्षी नेतृ गान्धीमाथी हातपात

काठमाण्डौ : भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई उत्तर प्रदेशका प्रहरीले गला समातेर हातपात गरेको छ।

नागरिकता संशोधन कानुनको विरोध गर्दा गिरफ्तारीमा परेका अवकाशप्राप्त प्रहरीको घर जाने क्रममा आफुमाथि हातपात भएको प्रियंकाले दावी गरेकी छिन्। ७६ बर्षीय पूर्व प्रहरी अधिकारी एसआर दारापुरीको घर जाने क्रममा प्रियंका एक स्कुटरमा बसेकी थिइन्। उत्तर प्रदेशका प्रहरीले भने प्रियंकामाथि कुनै आक्रमण या दुव्र्यवहार नभएको बताएको छ।

निर्धारितभन्दा फरक बाटोबाट हिँडेकाले प्रियंकालाई बाटैमा रोकिएको प्रहरीले दाबी गरेको छ। प्रियंकाले भने आफुलाई महिला अधिकारीले बलपूर्वक रोकेर गर्धनमा समातेर तानेको फेसबुकमा उल्लेख गरेकी छिन्। सत्तारुढ भारतीय जनता पार्टीको सरकारले कायरता देखाइरहेको भन्दै उनले उत्तर प्रदेशको जुन ठाउँमा गएपनि त्यो भाजपा सरकारले तोक्ने विषय नभएको बताएकी छन्।