माधव नेपाल खेमामा लागेका अनेरास्ववियुका तीन नेता संगठनबाट निष्कासित

माधव नेपाल खेमामा लागेका अनेरास्ववियुका तीन नेता संगठनबाट निष्कासित

नेकपा (एमाले)को माधव नेपाल खेमामा लागेका अनेरास्ववियुका तीनजना निवर्तमान सचिवलाई अनेरास्ववियुले संगठनबाट निष्कासन गरको छ। निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन्।

महरले मंगलवार बिहान विज्ञप्ति जारी गरि तीन जना निवर्तमान सचिवलाई संगठनबाट निष्कासन गरिएको जानकारी दिएका छन्।

केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सहअध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए।