त्रिदेशीय फुटबलको फाइनल खेल आज, प्रधानमन्त्री ओली पनि खेल हेर्न रंगशाला जाने

त्रिदेशीय फुटबलको फाइनल खेल आज, प्रधानमन्त्री ओली पनि खेल हेर्न रंगशाला जाने

काठमाडौं । आज दशरथ रंगशालामा त्रिदेशीय फुटबलको फाइनल खेल हुँदैछ । फाइनल खेलमा बंगलादेश र नेपाल भिड्दै छन्। नेपालले पछिल्ला आठ खेलमा (किर्गिस्तानको युवा टिमसहित) गोल गर्न सकेको छैन । प्रतियोगिताकै पहिलो गोल गर्ने होडमा यी दुई थ्री नेसन्स कप फुटबलको उपाधिका लागि सोमबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैले आजको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने भएका छन् । खेल साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।

फाइनल खेल हेर्न सुवास नेम्वाङ लगायतका अन्य नेता र केही मन्त्री पनि सहभागि हुने जानकारी आएको छ ।