हिउँदमा दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढेर इतिहास रचे यी नेपालीले

हिउँदमा दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढेर इतिहास रचे यी नेपालीले

काठमाडौं । नेपालका १० जना पर्वतारोहीले पाकिस्तानमा अवस्थित विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको आरोहण गरी इतिहास रचेका छन्। उनीहरूले पहिले पटक हिउँदमा आरोहण गरी किर्तिमान कायम गरेको दाबी गरिएको छ।

अहिलेसम्म आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमालमा मात्र हिउँदमा आरोहण हुन सकेको थिएन। नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५:४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका हुन्।

उनीहरूले सफल आरोहण गरेको पुष्टि भने सेभेन समिटले गरेको छ। जसमा मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका थिए। आधार शिविरबाट  सुरुमा तीनवटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए।